काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरी सेवाबाट राजीनामा दिएका छन्। उनी प्रहरी सहायक हवल्दार पदमा कार्यरत थिए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले ऐरीले केही दिनअघि बुझाएको राजीनामा स्वीकृत भएको पुष्टिसमेत गरेका छन्।
दीपेन्द्रले २०७३ सालमा प्रहरी जवानको रूपमा सेवा सुरु गरेका थिए। उनले १९ औँ एसियाली खेलकुद (एशियन गेम्स) चीनमा नेपालको प्रतिनिधित्व गर्दै एकै ओभरमा ६ छक्का प्रहार गरेर विश्व रेकर्ड बनाएका थिए। यस ऐतिहासिक प्रदर्शनपछि उनलाई २०७९ असोजमा विशेष बढुवामार्फत सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो।
तर २ वर्ष नपुग्दै उनले प्रहरीको जागिर त्यागेका छन्। प्रहरी सेवामा रहँदा उनी नेपाल पुलिस क्लबको कप्तानको रूपमा घरेलु क्रिकेटमा अग्रपंक्तिमा रहे। ऐरीको कप्तानीमा नेपाल पुलिस क्लबले थुप्रै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै क्लब क्रिकेटमा दबदबा जमाउन सफल भएको थियो।
दीपेन्द्र सिंह ऐरी बारे जन्म: दाङ, नेपाल राष्ट्रिय टोली पदार्पण: २०१७ (T20I र ODI दुबैमा) भूमिका: मध्यक्रमका आक्रामक ब्याट्सम्यान, पार्ट-टाइम अफस्पिनर कीर्तिमान: एकै ओभरमा ६ छक्का (T20I), नेपाल क्रिकेट इतिहासका सर्वाधिक स्ट्राइकरेट भएका खेलाडीमध्ये एक, नियमित फिनिशरको भूमिकामा दर्जनौं खेल जिताउने प्रदर्शन गरेका ब्याक्ती हुन ।
प्रहरी सेवाबाट राजीनामा दिएपछि ऐरीले अब पूर्ण रूपमा पेशेवर क्रिकेटमा ध्यान केन्द्रित गर्ने बताइएको छ। उनको यो निर्णय आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उनीबाट झनै परिपक्व प्रदर्शन अपेक्षा गर्न सकिने आकलन गर्न सकिन्छ तर ब्यक्तिगत निर्णय भएलाले आगमी दिनमा उनले आफू लाई कसरी अगाडि बडाउछ्न र प्रहरी बाट राजीनामा दिए पोछी उनको सोच के छ त्यो भने थाहा पाउन हामी प्रखनु प्रने हुन्छ ।
