
- आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ।
- सुनको कारोबार मूल्य तीन लाख २२ हजार एक सय रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य भने ७५ रुपैयाँले बढेर चार हजार नौ सय ७५ रुपैयाँ पुगेको छ।
काठमाडौ – आज सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको तीन लाख २२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो बुधवार अर्थात् भदौ ३ गतेदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज सामान्य घटेको हो ।
यस्तै आज चाँदीको भाउ ७५ रुपैयाँले बढेर तोलाको चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
