सिद्धार्थ उद्योग वाणिज्य संघ कार्ययोजना तर्जुमा गोष्ठी शुरु

कमल रायमाझी
बाग्लुङ, १९ बैशाख । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आफ्नो  योजना निर्माण तथा दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठी  शुक्रवार विहानबाट बाग्लुङको ईला कम्फर्ट होटलको सभाहलमा शुरु गरेको छ ।
कार्ययोजना तर्जुमा गोष्ठीको उद्धघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले नेपाल धेरै सम्भावना रहेको देश भएको भन्दै विदेश पलायन हुनबाट युवा पक्तीलाई रोक्नु पर्ने बताउनुभयो ।
 उहाँले नीजिक्षेत्रले यसको नेतृत्व गर्न सक्नुपर्ने भनाई राख्नुभएको हो । हाम्रो देशमा धेरै कामगर्न सक्ने सम्भावना भएपनि देशका योग्य वर्ग विदेश जानेक्रम नरोकिएकाले सरकार संगको सहकार्यमा नीजिक्षेत्र जोडिनुपर्ने उहाँको भनाई रहेको छ l
आफ्नो बाल्यकाल बुवाको अभाव र आमाको साहारामा अगाडी बढ्दै आज सम्म आउदा नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष सम्म हुनपुगेको बताउनुभयो । उद्योग व्यावसायीलाई सवैक्षेत्रबाट संकट र समस्या पार्ने कार्य नेपालमा हुने गरेको छ
। उहाँले भन्नुभयो, “ अख्तियारबाट समेत नीजिक्षेत्रको अनुसन्धान तथा कार्वाहीको जिम्मेवारी दिने गतल कार्य समेत भएको तर आफुहरुले त्यो नीति रोक्न सफल छौँ । हामीले परिश्रम र योजना निरन्तर गर्न सके सफलता देशैमा हुन सक्ने भएकाले सवैले देशप्रेमको भावनाका साथ काम गर्न उहाँले सिद्धार्थ उद्योग वाणिज्य संघको टोलिलाइ आग्रह गर्नुभयो ।
गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले योजना निर्माण तथा दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठीको सफलताको शुभकामना दिनुभयो । उहाँले यो गोष्ठी रुपन्देहीको मात्र नभएर देशकै आर्थिक समृद्धि गर्ने तर्फ निर्माण हुनेमा आफु विश्वत रहेको बताउनुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको  सिद्धार्थ उद्योग वाणिज्य संघ देशको आर्थिक केन्द्रमा रहेको संघ भएकाले यसले निर्माण गर्ने दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठीले उद्योगी व्यापारीको समृद्धिमा सहयोग पुराउने खालको हुनुपर्ने सुझाव राख्नुभयो ।
दुई दिन सम्म चल्ने योजना निर्माण तथा दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठी शनिवार सकिने छ ।
यसले सिद्धार्थ उद्योग वाणिज्य संघले गर्ने दुई वर्षे कार्ययोजना निर्माण गर्ने छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षमा तथा महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ पर्वत, बाग्लुङका अध्यक्ष तथा पदाधिकारीहरुको पनि सहभागित भएको थियो । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्व अध्यक्ष तथा कार्यसमितिका सदस्यहरु र सल्लाहकारको सहभागिता थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?