हुस्सु र कुहिरोले जनजीवन प्रभावित, आवश्यक सतर्कता अपनाउन अनुरोध

 

Workplace

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि हुस्सु र कुहिरो लाग्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका धेरै स्थानमा बाक्लो हुस्सु तथा कुहिरो छाएको छ।

महाशाखाका अनुसार अन्य प्रदेशको मौसम मुख्यतः सफा रहनेछ। तर, बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने अनुमान गरिएको छ।

यस अवस्थाले विशेष गरी बिहानको यात्रा गर्ने यात्रुहरूलाई असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हुस्सु तथा कुहिरोले सडक तथा हवाई यातायातमा अवरोध ल्याउने हुँदा सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?