पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

काठमाडौ -पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिरोले अवरुद्ध बनेपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ।

Workplace

उडान संख्या कम भएका कारण यात्रुको चाप थेग्न मुश्किल भइरहेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताए। उनका अनुसार तारा र समिट एयरको ट्वीनटर जहाजले पोखरा–जोमसोम उडान गर्दै आएका छन्।

- Advertisement -Workplace

“दुवै जहाजले दैनिक पाँच-पाँच वटा उडान गर्दै आएकामा अहिले दैनिक सात-सात वटासम्म उडान गरेका छन्”, उनले भने, “मुस्ताङ जोड्ने सडकमार्ग विच्छेद भएपछि जहाजबाट आउजाउ गर्ने यात्रुको चाप बढेको हो।” यतिबेला मुख्य पर्यटकीय याम चलिरहेकाले हवाई मार्गबाट मुस्ताङ जाने पर्यटकको संख्या पनि बढिरहेको विमानस्थल प्रमुख शर्माले बताए।

स्रोह श्राद्धका बेला मुक्तिनाथ दर्शनसँगै कागबेनीमा पितृतर्पण गर्न नेपाल र भारतका हिन्दुमार्गीहरु पनि उल्लेख्य रुपमा त्यहाँ पुग्ने गर्छन्। एयरलाइन्स कम्पनीले हवाई उडानमा बिरामी, अशक्त आदिलाई प्राथमिकता दिइएको जनाएका छन्। त्यस किसिमका यात्रु र विदेशी पर्यटकको सहज यात्राका लागि स्थानीय प्रशासन र विमानस्थल कार्यालयले समेत सहजीकरण गरिरहेको प्रमुख शर्माले बताए।

“पर्यटकीय याम भएकाले यसै पनि पोखरा–जोमसोम धेरै उडान हुने बेला हो यो”, उनले भने, “विपद्का कारण सडक अवरुद्ध भएपछि यात्रुको चाप थप बढेको हो।” सडक मार्ग खुलेपछि यात्रुको चाप स्वतः घट्ने र हवाई यात्रा पनि सहज हुने उनले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले दिउँसोको समयमा जोमसोम विमानस्थलमा बढी हावाहुरी चल्ने भएकाले अधिकांश बिहानको समयमा मात्र उडान हुँदै आएको बताए। दिनभर उडान हुनसक्दा यात्रुलाई सहज रुपमा सेवा दिन सकिने भए पनि पोखरा–जोमसोम उडानमा त्यो अवस्था नरहेको उनको भनाइ छ।

अधिकांश उडान मध्याह्न १२ बजेअघि नै हुने गरेको उनले बताए। वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द भएको पोखरा–जोमसोम हवाई उडान सेवा गत भदौ पहिलो सातादेखि सुरु भएको थियो। ‘भिजिबिलिटी’ कम हुने भएपछि हरेक वर्षायाममा पोखरा–जोमसोम उडान बन्द हुने गरेको छ।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षातपछि कालीगण्डकी नदीमा आएको बाढीले उक्त सडक खण्ड ठाउँ–ठाउँमा अवरुद्ध पारेपछि यतिबेला पोखरादेखि मुस्ताङ जाने एक मात्र विकल्प हवाई मार्ग बनेको छ। बाह्र दिनदेखि अवरुद्ध रहेको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक अझै सञ्चालनमा आउन सकेको छैन । नेपाल न्युज

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?