रोजगारीको ‘ग्यारेन्टी’ नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन

समाचार सारांश
Auto Generated by AI
  • श्रममन्त्री यादवले रोजगारीसँग नजोडिने सबै प्रकारका तालिमहरू तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ।
  • न्यूनतम पारिश्रमिक वैज्ञानिक बनाउन अनुसन्धानमा आधारित नयाँ ढाँचा तयार पारिँदै छ।
  • विदेशी कामदारलाई विस्थापित गरी स्वदेशी जनशक्तिलाई रोजगारी दिने गरी सरकार अघि बढेको छ।

काठमाडौ – श्रममन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितताविनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।

Workplace

आउँदो साउनभित्रै रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री यादवले बताउनुभयो । उहाँले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्नुभयो ।

केवल वार्ता नभई तथ्य र अनुसन्धानमा आधारित पारिश्रमिक तोक्न त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्राध्यापकको नेतृत्वमा ढाँचा तयार भइरहेको उहाँले जानकारी दिनुभयो । यसमा भौगोलिक क्षेत्र, प्रदेश र कार्य दक्षताका चार श्रेणीका आधारमा पारिश्रमिक तय गर्ने लक्ष्य छ ।

देशभर वार्षिक १३ अर्ब रुपैयाँभन्दा धेरै रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको भन्दै मन्त्री यादवले वडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकाहरूलाई पत्राचार गरिने बताउनुभयो ।

निर्माण क्षेत्रमा अहिले झन्डै १९ लाख विदेशी कामदार कार्यरत रहेका तथ्याङ्क प्रस्तुत गर्दै उहाँले स्वदेशी जनशक्तिलाई तालिम दिएर त्यस क्षेत्रमा प्रतिस्थापन गर्ने योजना रहेको सुनाउनुभयाे ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?