गोकर्ण पाण्डे,गुल्मी।नेपाली मौलिकतामा आधारित रहेका कलाकार राजन थापा क्षेत्रि को नयाँ पन्चे बाजा गित ‘पाल्पाको दिग ‘ सार्बजनिक भएको छ। शुक्रवार’पाल्पाको दिग ‘ बोलको पन्चे बाजा गीत राजनले आफ्नै युट्युव च्यानलमा रिलिज गरेका हुन्। गीतमा राजन थापा क्षेत्रि र सिमा थापाको सुमधुर आवाज सुन्न पाइन्छ ।

गितमा लय सिमा थापाको रहेको छ भने शब्द सागर बिसि ले गरेका छन्। गीतमा पाल्पा ठाउँको वर्णन गरिएको छ।
सुन्दर ठाउँमा गएर छायांकन गरिएको भिडियोलाई अबिराल भट्टराईले आकर्षक फ्रेममा खिचेका छन्। राजन थापा सिमा थापा लगायतका कलाकारलाई भिडियोमा देख्न सकिन्छ। उनको ‘गैराबारि’ गित चर्चित छ।
बिस्नु भट्टराईले गित को निर्देशन सम्पादन गरेका छन्।
पुरा भिडियो
