२ चैत्र २०८२, सोमबार

महिलाहरु आर्थिक र शैक्षिक क्षेत्रमा ससक्त हुन जरुरी ।

सावित्री गिरी कोहलपुर 
कोहलपुर ,वैशाख २९ एउटा नेतृत्व सफल हुनको लागि पारीवारीक पृष्ठभुमी,शैक्षिक अनुभव ,पारीवारीक सहयोग ,सामाजिक हौसला तथा जिम्मेवारी बोध जस्ता थुप्रै कुराहरु अग्रस्थानमा ल्याउने गरीन्छ ।
तर लुम्बिनी प्रदेशका सांसद तथा बाँकेको कोहलपुर नगरपालिका बाँकेका पुर्व उपप्रमुख सन्जु कुमारी थारुको फरक अनुभव छ । सन्जु चौधरी विक्रम संवत २०७४ सालमा देश संघिय संरचनामा गइसकेपछि पहिलो पटक कोहलपुर नगरपालिकाको उपप्रमुख पदमा बिजयी हुनु भयो ।राजनीतीमा आउनु रहर नभई राजनीतीक परिस्थिती भएको उपमेयर सन्जुको भनाई छ ।
अहिले उहाँ लुम्बिनी प्रदेशका सांसद हुनुहुन्छ ।  क्रियाशिल पत्रकार महिला बाँकेले कोहलपुरमा गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । सण्डे क्लब अन्र्तगत क्रियाशिल पत्रकार महिला बाँकेले गरेको कार्यक्रममा उहाँले भन्नुभयो ,“हामिले जति नै ठुला कुरा गरेपनि जबसम्म छोरीहरुलाई शिक्षा दिइदैन । तबसम्म उनिहरुले उचित स्थान हासिल गर्न सक्दैनन । त्यसैगरी आर्थिक रुपमा सक्षम हुन सकेमा मात्र राजनीती लगायत नेतृत्व तहमा राम्रो स्थान हासिल गर्न सकिन्छ । ” उहाँले जिवनमा निकै संघर्ष गर्न जरुरी रहेको बताउँदै आफू विगतमा उपप्रमुख भएर कार्य गर्दा थुप्रै चुनौतीहरु आएको बताउनुभयो ।
आफू उपप्रमुख हुँदै गर्दा थारु समुदायमा हुने सिकलसेल थालेसिमिया रोग उपचारका लागि पहल ,सामाजिक विकासका लागि बनाएका योजना कार्यान्वयन र पालिकाकाको विकासका लागि खेलेको भूमिकालाई स्मरण गर्दे आगमी दिनमा थप उत्प्रेरणा मिलेको बताउनुभयो । अहिले लुम्बिनी प्रदेशको सांसद भएर काम गरीरहदा जनताका मुद्धामा प्रत्यक्ष सहभागी हुन पाएको अनुभव सुनाउनुभयो । उहाँले युवा,महिला तथा बालबालिकाहरुको सवालमा सदैव आवाज उठाउने बताउदै यसपटक पनि लक्षित बर्गका कार्यक्रमहरुमा बजेट कार्यान्वयन गरेको जानकारी दिनुभयो ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ रझेनामा मध्यमवर्गिय परिवारमा जन्मिएकी सांसद चौधरीले ब्यबस्थापन संकायमा स्नाकोक्तर गर्नुभएको छ भने अहिले एलएलबी अध्ययन गरीरहनु भएको छ । राजनीतीक यात्रमा घरपरिवारको राम्रो सहयोग पाएको उहाँले बताउनु भएको छ । युवा नेतृ सन्जु कुमारी चौधरीले पत्रकार महिलाहरु संगको अन्र्तक्रियामा बोल्दै आगमी दिनमा राजनीती क्षेत्रमा थप ससक्त भएर लागि पर्ने बताउनुभएको छ ।उहाँले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातीक सांसदबीच मताधिकार बराबर हुने भएकाले बजेट कार्यान्वय देखी अधिकारका सवालमा विभेद गर्न नहुने धारणा राख्नुभयो ।
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा संस्थापक अध्यक्ष अक्षरी पोखरेल ,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी ,सञ्चारिका समुह बाँकेका अध्यक्ष पवित्रा पयिार र नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कमला हमाल लगायतले बोल्नु भएको थियो भने अन्य उपस्थित पत्रकार महिलाहरुले सांसद सन्जु चौधरीलाई प्रश्न गर्नुभएको थियो ।

पत्रकार महिलाहरुले गरेको प्रश्नमा सांसद चौधरीले खुलेर जवाफ दिनुभएको थियो । साथै उहाँले महिला नेतृत्वको जिवनको सफलता ,संघर्ष र कार्यअनुभवका बिषयमा अन्र्तक्रिया गरेकोमा खुशी समेत ब्यक्त गर्नुभयो । कार्यक्रमका सहभागीहरुले राजनीतीक क्षेत्रमा कार्यरत महिलाहरुका साथै ग्रामिण क्षेत्रका ससक्त महिलाहरु बिच पनि यस्ता कार्यक्रम गर्न जरुरी रहको बताएका थिए । कार्यक्रममा नेपालगन्ज र कोहलपुर क्षेत्रका विभिन्न मिडियामा कार्यरत पत्रकार महिलाहरुको सहभागीता रहेको थियो ।

Workplace

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुका विद्यार्थीलाई लायन्सको सहयोग, तीन विद्यालयमा झोला वितरण

छुटाउनुभयो कि ?