icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

भारत र पाकिस्तानको तनाब बीच प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेट 

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन्। भेटवार्ताका क्रममा भारत–पाकिस्तानबीच हालै उत्पन्न तनाव र पछिल्ला घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Workplace

भारतीय राजदूत श्रीवास्तवले भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। सो घटनामा एक नेपाली नागरिकसहित २८ जनाको ज्यान गएको थियो।

श्रीवास्तवले उक्त आक्रमणको जवाफस्वरूप भारतले आवश्यक कारबाही गरेको बताए। तर जेट हमला गरिएको भन्ने प्रचारलाई उनले खण्डन गर्दै त्यो ‘झुटो र भ्रामक’ भएको प्रष्ट पारे। उनले घटनाप्रति नेपाल सरकारबाट बिहीबार सार्वजनिक गरिएको औपचारिक वक्तव्यप्रति धन्यवादसमेत व्यक्त गरे।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल सधैं शान्तिपूर्ण सहअस्तित्व र विश्व शान्तिको पक्षमा रहेको बताए। उनले कुनै पनि प्रकारको आतंकवादप्रति नेपाल सरकारको कडा विरोध रहेको उल्लेख गर्दै पहलगाममा भएको आतंकवादी हमलाको भर्त्सना गरे।

प्रधानमन्त्रीले नेपालले आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध कुनै पनि द्वन्द्वरत शक्तिले नेपाली भूमि प्रयोग गर्न नपाउने स्पष्ट धारणा राखेको पनि सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?