icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

IPL 2025 अनिश्चितकालका लागि स्थगित, भारत–पाकिस्तान तनावको असर खेलकुदमा पनि

काठमाडौँ,  – भारत–पाकिस्तान सीमामा चुलिएको सैन्य तनावको असर अब दक्षिण एसियाली खेलकुद क्षेत्रमा पनि देखिन थालेको छ। भारतीय क्रिकेट नियन्त्रक बोर्ड (BCCI) ले २०२५ को इन्डियन प्रिमियर लिग (IPL) अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय सार्वजनिक गरेको छ।

Workplace

स्रोतका अनुसार, मे ८ मा धर्मशालामा भएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल खेलिरहेको क्रममा अचानक बत्ती निभेपछि “आपातकालिन साइरन बजेका थिए ” र  अफवाह फैलिएर खेलाडीहरूलाई मैदानबाट हटाउनु परेको थियो।

BCCI को आपतकालीन बैठकपछि लिइएको निर्णयमा स्पष्ट भनिएको छ, “हालको सुरक्षाजन्य स्थितिमा खेलाडीहरूको ज्यान जोखिममा पार्न सकिँदैन। राष्ट्रिय सुरक्षा सधैं प्राथमिकतामा रहेको बताइएको छ।

अत्यधिक सुरक्षा जोखिमको बीच विदेशी खेलाडीहरूलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काउने प्रक्रिया सुरु गरिएको छ। खेल रद्द भए पनि BCCI ले सबै खेलाडी, अफिसियल, र स्टाफको सुरक्षालाई सुनिश्चित गर्ने जनाएको छ।

पाकिस्तानले पनि आफ्ना खेलहरू युएईमा सार्ने तयारी गरिरहेको छ। पाकिस्तान क्रिकेट बोर्ड (PCB) ले PSL (Pakistan Super League) का बाँकी खेल युएईमा सम्पन्न गर्ने निर्णय लिएको छ।

BCCI र भारत सरकारबीच स्थिति मूल्याङ्कन भइरहेकाले IPL पुनः कहिले सुरु हुन्छ त्यो चाहिँ अन्योलमा रहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?