दुर्गा प्रसाईंले भारतको आसाममा आत्मसमर्पण, नेपाल ल्याउने तयारी

काठमाडौँ — राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला आफैं प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। पारिवारिक स्रोतका अनुसार, नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेकै अवस्थामा उनले आत्मसमर्पण गरेका हुन्।

Workplace

प्रसाईंलाई पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बुझिएको छ।

- Advertisement -Workplace

गत चैत १५ गतेको राजसंस्थावादीहरूको आन्दोलनपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। त्यसयता उनले पटक–पटक सामाजिक सञ्जालमार्फत भिडियो सन्देशहरू सार्वजनिक गर्दै आफ्नो ज्यानमाथि खतरा रहेको दाबी गरेका थिए।

प्रसाईंले बुधबार मात्र एक भिडियो सन्देश जारी गर्दै मानवअधिकारवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?