२६ फाल्गुन २०८२, मंगलबार

पाणिनी तपोभूमि सम्मेलन–२०८१ नजिकिँदै तयारी तीव्र !!

Workplace

अर्घाखाँची। अर्घाखाँचीको खिदिमस्थित पाणिनी ऋषिको तपोभूमिमा चैत २७ र २८ गते आयोजना हुन लागेको पाणिनी तपोभूमि सम्मेलन–२०८१ को तयारी तीव्र पारिएको छ। पाणिनी गाउँपालिका, रैनादेवि छहरा गाउँपालिका, पर्यटन विकास परिषद् बुटवल तथा नेपाल पर्यटन बोर्ड काठमाडौँको आयोजनामा हुने सम्मेलनले पाणिनी ऋषिको योगदान, संस्कृत भाषा र तपोभूमिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्ने लक्ष्य लिएको छ।

सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। नेपाल तथा विदेशबाट धार्मिक व्यक्तित्व, साधु–सन्त, संस्कृत विद्वान् र हजारौं श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

धार्मिक मान्यताअनुसार, पाणिनी ऋषिले यही स्थलमा कठिन तपस्या गरी संस्कृत व्याकरणका चौध सूत्र उत्पन्न गरेका थिए। सम्मेलन सफल बनाउन स्थानीय सरकार र सरोकारवालाहरूको सहकार्यमा पूर्वाधार विकास, आवास, खानेपानी तथा सुरक्षाको तयारी अघि बढाइएको पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिनुभयो।

सम्मेलनले पाणिनी तपोभूमिलाई धार्मिक धरोहरसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?