यूएई र कतारले विभिन्न अपराधमा जेल सजाय भोगिरहेका १ सय ८४ नेपालीलाई आममाफी दिएका छन् ।

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स यूएई र कतारले विभिन्न अपराधमा जेल सजाय भोगिरहेका १ सय ८४ नेपालीलाई आममाफी दिएका छन् ।

Workplace

इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसर पारेर उनीहरुलाई आममाफी दिइएको हो । यूएईले रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको आबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार जाँडरक्सी सेवन, चोरीलगायतका विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको बताएको छ ।

अबुधाबीमा रहेको नेपाली दूतावासको अनुरोधमा यूएई सरकारले उनीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै कतारले पनि कैद भुक्तान गरिरहेका १८ नेपालीलाई आममाफी दिएको जनाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?