जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृ`त्यु, तीन घा`इते

समाचार सारांश
Auto Generated by AI
  • जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
  • अनियन्त्रित भई जिप सडकबाट ३ सय मिटर तल खसेको हो।
  • दुर्घटनामा घाइते ३ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ।

काठमाडौ -जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

Workplace

तीन जना घाइते भएका छन् । आज विहान जुनीचाँदे गाउँपालिका–२, गैरीगुवामा सुर्खेतबाट जुनीचाँदेतर्फ गुडिरहेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप दुर्घटना भएको हो ।

- Advertisement -Workplace

अनियन्त्रित भएको जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाका ३० वर्षीया बिपना भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो ।

दुर्घटनामा बिपनाका श्रीमान् दिलबहादुर भण्डारी, उहाँका चार वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।

घाइते तीनै जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?