शिक्षाको गुणस्तर बुद्विका लागि सबैको भुमिका महत्त्वपूर्ण हुन्छ मन्त्री तिमिल्सिना

अनिल नेपाली
अर्घाखाँचीमा २० चैत – लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाकाे गुणस्तर बुद्वि गर्न शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताएका छन्। अर्घाखाँची जिल्लाकाे जनज्योति माध्यमिक विधालयकाे ६२ ओै बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रममा मन्तब्य राख्दै मन्त्री तिमिल्सिनाले यस्तो बताउनुभएको हाे मन्त्री तिमिल्सिनाले शिक्षक, अभिभावक र विद्यार्थीको समन्वयमा मात्र शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सकिने बताउदै लुम्बिनी प्रदेश शिक्षा क्षेत्रमा सुधार गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकार गम्भीर रहेको बताउदै शिक्षालाई अनुसन्धानात्मक र व्यावहारिक बनाउन जरुरी रहेको उनले बताए  ।

Workplace

मन्त्री तिमिल्सिनाले शिक्षाको गुणस्तर कायम गर्न र सामुदायिक विद्यालयको अवस्था सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउदै लुम्बिनी प्रदेशमा मेरो विधालय मेरो दायित्व कार्यक्रम पनि चलिरहेको बताएका छन् मन्त्री तिमिल्सिनाले विधालयकाे भाैतिक सरचना लगायतका अन्य समस्या प्रती पनि प्रतिबद्व रहेको बताएका छन् कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जिवनारायण काेईराला प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल , सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल सामाजिक विकास मन्त्रालयका उपसचिव सारदा पाैडेल शिक्षा ईकाई प्रमुख बिष्णु बेल्बासे पत्रकार महासघका अध्यक्ष गणेश खनाल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले मन्तब्य राख्दै विधालयकाे विकासका लागि सबै एक हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा विधालयका प्रधानाध्यापक माधब प्रसाद आचार्यले बिधालयकाे बस्तुस्थिति आगामी रणनीति सहित आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गनु भएको थियोे । कार्यक्रम विधालयका व्यवस्थापन समिति अध्यक्ष कमल प्रसाद भुसालको अध्यक्षता शिक्षक नन्नराम भट्टराईकाे सञ्चालन शिक्षक लालमणि पाैडेल स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विधालयमा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने बिधार्थि विधालयमा उत्तीर्ण लक्ष्य लिई हासिल गर्ने प्रथम द्वितीय तृतिय हुने विधार्थीलाई सम्मान समेत गरिएको थियोे । अर्घाखाँची जिल्लाकाे विज्ञान सकाय अध्ययन हुने एक मात्र सामुदायिक विधालय जनज्योति माध्यमिक विधालय हाे जुन विधालयमा हाल १५०० विधार्थीले अध्ययनरत गरेका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?