बाँके प्रहरी कार्यालयको आन्तरिक सुधार र सुदृढीकरण प्रयासमा सफलता”

बाँके माघ १ गते  = जिल्ला प्रहरी कार्यालय, बाँकेले पुस महिनामा विविध अपराध नियन्त्रण र अनुसन्धान कार्यमा उल्लेखनीय प्रगति गरेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख कार्यालयको  विवरण आज पत्रकार समेलन गरि सार्वजनिक समेत गरेको छ ।

Workplace

१. अपराध नियन्त्रण र कारवाहीमा प्रगति:
जिल्ला प्रहरी कार्यालयले रु. १२,९४,१५८।- बराबरको अबैध भन्सार छलिको सामान पक्राउ गरेको छ भने ट्राफिक कारवाहीमा ३०५७ वटा सवारी साधनलाई कारवाही गरेर रु. २४,७५,०००।- राजस्व संकलन भएको उल्लेख गरेको छ यसै गरि अबैध नदिजन्य पदार्थ उत्खननको नियन्त्रण भने ७ वटा ट्याक्टर, १ टिप्पर र १ JCB नियन्त्रणमा लिइएको छ। यसैगरी, ३ जना सवारी चालकलाई कानूनी कारवाही अघि बढाइएको प्रहरी कार्यलयले जानकारी दिएको छ ।

२. अपराध अनुसन्धान र पक्राउमा सफलता:
पुस महिनामा ११७ वटा मुद्दा दर्ता भएका थिए, जसमा १२१ जना व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ भने ६५ जना फरार अपराधीलाई पक्राउ गरेर १९ वर्ष ४ महिना २७ दिनको कैद र रु. ५१,५५,०१३।- जरिवाना असूल गरिएको जनाइएको छ । यस्तै लागू औषध ओसारपसारमा २९ जना अपराधी पक्राउ गरी २६८ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर र ३६७ ट्याब्लेट ट्रामाडोलसहित कानूनअनुसार कारवाही गरिएको बताइएको छ ।

३. समुदाय प्रहरी सहकार्य र सचेतना कार्यक्रम:
समुदाय र प्रहरी सहकार्यमा ६३ वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ। यसमा लैङ्गिक हिंसा, लागू औषध, आत्महत्या र चोरी सम्बन्धि सचेतना कार्यक्रमहरूको समावेश छ। ट्राफिक सचेतना कार्यामा २०२ वटा कार्यक्रमहरू सञ्चालन गरिएका छन्, जसले नागरिकमा ट्राफिक नियमको पालन गर्न प्रेरित गरेको उल्लेख गरिएको छ ।

४. आन्तरिक सुदृढीकरण र सुविधामा सुधार:
“Best Police Unit Of The Month” कार्यक्रम अन्तर्गत प्रहरी चौकी राधापुरलाई २०८१ पुस महिनाको उत्कृष्ट इकाई घोषित गरिएको छ भने जिल्ला प्रहरी कार्यालयको बाटो मर्मत, रङ रोगन र कार्यालय परिसरको सौन्दर्यकरण गरिएको छ, जसले सेवाग्राही मैत्री वातावरण तयार गरेको  जिल्ला प्रहरी  कार्यालय बाँकेले  नेपाल खोजखबर लाई जानकारी गराएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?