काठमाडौ – सर्वसाधारण नागरिकमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि चार जना ट्राफिक प्रहरीहरुलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिँदै संलग्न प्रहरीलाई तत्काल जिम्मेवारीबाट हटाएको जानकारी दिएको छ।

उक्त घटनासम्बन्धी भिडियो वैशाख ११ गते सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरूमा प्रसारित भएको थियो। त्यसपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनाको खोजबिन सुरु गरेको थियो। कार्यालयका प्रवक्ता तथा ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार प्रारम्भिक अनुसन्धानमा चार जना ट्राफिक प्रहरी संलग्न रहेको पाइएको छ।
उनीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाबाट हटाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा तानिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी पनि प्रहरी स्रोतले दिएको छ।
प्रवक्ता गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “उक्त घटना मङ्सिर २३ गते काठमाडौंको सुन्धारास्थित आकाशे पुल मुनि घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ट्राफिक प्रहरीका चार जना कर्मचारीले एकजना पुरुषमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए।”
‘प्रहरी हाम्रो साथी’ भन्ने नारामा धक्का सर्वसाधारण नागरिकलाई सुरक्षा दिने जिम्मेवारीमा रहेका प्रहरी कर्मचारी स्वयंले यस्ता गतिविधि गर्नु ‘प्रहरी हाम्रो साथी’ भन्ने नारालाई चुनौती दिने कार्य गरेको देखन सकिन्छ । यसले प्रहरी प्रशासनप्रति जनविश्वासमा गम्भीर प्रश्न चिन्न खडा गरेको छ
