एशियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायाे

समाचार सारांश
Auto Generated by AI
  • जापानमा जारी एशियाली खेलकुदको क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
  • नेपालका लागि कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए भने सन्दीप जोरा र रोहित पौडेलले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे।
  • समूह ए मा रहेको नेपालले अब आफ्नो अन्तिम खेलमा आयोजक जापानको सामना गर्नेछ।

जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजयी शुरुआत गरेको छ ।

Workplace

आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएकाे १०३ रनकाे लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका सन्दीप जोराले ३४, रोहित पौडेलले नटआउट ३३ रन बनाए । अफगानिस्तानका फरिदुन दाउदजई, अब्दुल्ला अहमदजाई र अरब गुलले १/१ विकेट लिए ।

- Advertisement -Workplace

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनायो । अफगानिस्तानका फैसल खान अहमदजई र नजिबुल्लाह जाद्रानले समान ३० रन बनाए । नेपालका कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए ।

प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो । अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई ४८ रनले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ ।

समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान रहेका छन् । समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा पुग्ने टोलीले भारत वा श्रीलङ्कामध्ये एक टोलीसँग खेल्नेछ ।

एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र अफगानिस्तानबीच १२ वर्षपछि फेरि भेट भएको हो । सन् २०१४ मा दक्षिण कोरियाको इनचोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो ।

एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन!

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?