सुन र चाँदीको मूल्यमा वृद्धि कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • चार दिनदेखि घटिरहेको सुन र चाँदीको मूल्य शुक्रबार बढेको छ।
  • शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला ११५ रुपैयाँले वृद्धि भई ४ हजार १५० रुपैयाँ पुगेको छ।

काठमाडौ – लगातार चार दिनदेखि घट्दै आएको सुन र चाँदीको मूल्य शुक्रबार नेपाली बजारमा उकालो लागेको छ। गत सोमबारदेखि निरन्तर ओरालो लागेको सुनचाँदीको भाउमा शुक्रबार सुधार आएको हो।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार (असोज ३० गते) छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ। यस वृद्धिसँगै शुक्रबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ।

- Advertisement -Workplace

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा झरेको थियो। त्यस्तै बुधबार २ हजार ७०० रुपैयाँ घटेर २ लाख ८९ हजार ५०० रुपैयाँ, मङ्गलबार २ हजार २०० रुपैयाँ घटेर २ लाख ९२ हजार २०० रुपैयाँ र सोमबार २ हजार १०० रुपैयाँ घटेर २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार भने सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो।

सुनसँगै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको भाउ तोलामा ११५ रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार १५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

बिहीबार चाँदी तोलामा २२० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो। त्यसै गरी बुधबार १०० रुपैयाँ घटेर ४ हजार २५५ रुपैयाँ, मङ्गलबार ६० रुपैयाँ घटेर ४ हजार ३५५ रुपैयाँ र सोमबार २५ रुपैयाँ घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको थियो। गत आइतबार भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४४० रुपैयाँ पुगेको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?