ईरिक्सा व्यवस्थापनकोलागी पालिका स्तरिय सहमती

रुपन्देही – रुपन्देहीको सदरमुकाम समेत रहेको सिद्धार्थनगर नगरपालिका भैरहवामा अटो तथा ईरिक्सा व्यवस्थापन गर्न अन्तरपालिका समन्वय वैठकमा सहमति भएको छ ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतमा बिहिवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको पालिका स्तरिय समन्वय वैठकले यसअधी भएका निर्णयहरुलाई कार्यान्वयनमा लगी अटो तथा ईरिक्सा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

Workplace

सिद्धार्थनगर सहित, ओमसतिया, मायादेवि, सियारी गाँउपालिका र जिल्ला सुुरक्षा समिती बिच बसेको बैठकले ईरिक्सा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार तिनपाङग्रे सवारी साधन  दर्ता नगरेका गाउँपालिकाहरुले तिनपाङ्ग्रे सवारी साधन नियमन सन्चालन तथा व्यवस्थापनको लागि मिति २०८१ माघ १३ मा भएको बैठकको निर्णय अनुसार तोकिएको समयाबधि भित्र कतिपय गाउँपालिकाले कानुन निर्माण लगायतका कार्यहरु गर्न बाँकी रहेको तथा कतिपय गाउँपालिकाले कानुन निर्माण गरी दर्ता प्रकृयामा रहेको देखिएकोले तिनपाङग्रे सवारीसाधन व्यवस्थापन तथा नियमनको लागि मिति २०८१ चैत्र १० गते भित्र कार्य सम्पन्न गर्ने निर्णय भएको छ ।

- Advertisement -Workplace

त्यस्तै तिनपाङ्ग्रे सवारी साधनहरुको व्यवस्थापन तथा नियमनका सन्दर्भमा मिति २०८१ चैत्र ११ गते देखि सवारी साधनको कागजात नियमित चेकजाँच कार्यलाइ चुस्त दुरुस्त तथा व्यवस्थित गर्नका लागि जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय जिल्ला ट्रफिक कार्यालय र पालिकाका प्रहरीलाई जिम्मा दिने निर्णय समेत गरेको छ । तिनपाङ्ग्रे सवारी साधनलाइ मिति २०८१ चैत्र ११ गते देखि चेकजाँचका क्रममा जुन पालिकामा कारवाहीमा परेका हुन सोही पालिकाको कानुन बमोजिम कारवाही गर्ने निर्णय समेत गरेको छ ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?