थापाथलीमा फुटेको मेलम्ची पाइप मर्मत कार्य सम्पन्न

थापाथलीमा फुटेको मेलम्ची पाइप मर्मत, पसल र सडक डुबानमा परेको क्षति

Workplace

काठमाडौं – थापाथलीमा हिजो बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत कार्य पूरा भएको छ। काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्राविधिक टोलीले रातभर काम गरेर आज बिहान ४ बजे मर्मत सम्पन्न गरेको केयूकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए।

- Advertisement -Workplace

थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा पाइप फुट्दा सडक भत्किनुका साथै आसपासका पसलहरू डुबानमा परेका थिए। पानीको चापका कारण सडकपेटी पनि क्षतिग्रस्त भएको थियो। सडकमा जम्मा भएका ढुङ्गा र गिट्टी हटाउन डोजर प्रयोग गरिएको थियो।

मेलम्ची पाइप पटक–पटक फुट्ने समस्या देखिँदा स्थानीयवासी र व्यवसायीहरूलाई सास्ती खेप्नुपरेको छ। यसअघि माघ ३० गते बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुट्दा सरकारी कार्यालयहरू जलमग्न भएका थिए।उक्त घटनापोछी स्थानीयहरू निरन्तर पाइपलाइनको गुणस्तर र निगरानीमा ध्यान दिनुपर्ने माग गरिरहेका छन्।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?