रुपन्देही – रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरूबीच तनाव सिर्जना भएको छ। सत्तारुढ गठबन्धन बाहिर रहेका दलनिकट विद्यार्थी संगठनहरूले तोडफोड गरेका छन्।

सोमबार स्ववियू निर्वाचनका लागि संगठन दर्ता गर्न नेकपा एमालेनिकट अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरू क्याम्पस प्रवेश गरेपछि समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन, र स्वतन्त्र मधेस विद्यार्थी युनियनले कुर्सी तोडफोड गरेको अनेरास्ववियु क्याम्पस अध्यक्ष विवेक भण्डारीले जनाएका छन्।
उनीहरूले क्याम्पसमा पहिलो वर्षको भर्ना खोल्न माग गरिरहेका थिए। तर, क्याम्पस प्रशासनले भर्ना प्रक्रिया नगरी स्ववियू निर्वाचनको प्रक्रिया अघि बढाएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।
