देशभर आंशिक बदली, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

 

Workplace

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले दिएको जानकारीअनुसार अहिले कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ, भने बाँकी भूभागमा आंशिक बदली रही मौसम मुख्यतः सफा रहेको छ। केही तराई क्षेत्रका स्थानहरूमा हल्का हुस्सु लागेको छ।

आज दिउँसो देशभर आंशिक बदली रही मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिक बदली रही मौसम मुख्यतः सफा रहने मौसमविद्को अनुमान छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?