लुम्बिनी प्रदेशका १३ अस्पतालको अनुगमन मुल्यांकन गर्दा अर्घाखाँची अस्पताल ९४ अक प्राप्त गरि दाेश्राे स्थान

अनिल नेपाली 

Workplace

अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमै उत्कृष्ट कार्य सम्पादन गरी दाेस्राे स्थान प्राप्त गर्न सफल भएकाे छ । न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम ( mss ) अन्तर्गत मङ्गलबार

- Advertisement -Workplace

अर्घाखाँची अस्पतालकाे अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा प्रदेश बाट आएकाे बिज्ञहरूकाे टाेलिले मुल्यांकन गरि अस्पतालले प्रदेशमा  दाेश्राे स्थान प्राप्त गरेकाे घाेषणा गरेकाे छ ।लुम्बिनी प्रदेशका १३ अस्पतालको अनुगमन मुल्यांकन गर्दा अर्घाखाँची अस्पताल ९४ % अङ्क प्राप्त गरेकाे छ भने अनुगमन मुल्यांकनमा बर्दिया अस्पताल ९७ अङ्क प्राप्त गरि पहिलाे स्थानमा छ ।

कार्यक्रम लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयकाे आयाेजनामा अस्पताल विकास समिति सदस्य तथा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको  हाे ।कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जिवनारायण काेईरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे कार्यक्रममा मन्तब्य राख्दै काेईरालाले उत्कृष्ट कार्य सम्पादन गरि अस्पताललाई उचाईमा पुर्याउन गर्नु भएकाे महत्त्वपूर्ण भूमिका प्रति अस्पताल प्रमुख डा. जगतन्नाथ तिवारी र सम्पूर्ण स्वास्थ्यकर्मि, कर्मचारीहरू साथै निक्स साईमन संस्थालाई बधाई तथा धन्यवाद ब्यक्त गर्नु भएकाे थियाे । कोइरालाले स्वास्थ्यकर्मीलाई मुस्कान सहितकाे सेवा प्रदान गर्न आग्रह गर्नुभयाे ।

काेइरालाले अस्पतालकाे भाैतिक संरचना निर्माण र दक्ष स्वास्थ्यकर्मिकाे ब्यवस्थापनमा  प्रतिबद्ध भएर लागेकाे बताउनु भयाे।अस्पतालका कार्य प्रगति र समस्याका बिषयमा अस्पताल प्रमुख डा. तिवारीले प्रस्तुति राख्नु भएकाे थियाे ।मुल्याङ्कन टाेलीका प्रमुख पृथ्वीचन्द्र अस्पताल नवलपरासीका प्रमुख डा. नरूल माेहम्मद हाेदाले अस्पतालका सबल पक्ष र सुधार गर्नु पर्ने पक्षहरूकाे बारे चर्चा गर्दै २ दिने अनुगमन मुल्यांकन बाट प्राप्त बिबरण प्रस्तुत गर्नु भएकाे थियाे ।कार्यक्रम समापन मन्तब्य राख्दै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले अस्पतालकाे विकासकाे निम्ति सम्बन्धित निकायमा आवाज उठाएकाे र नगरबाट पनि आवश्यकिय सहयाेग प्रदान गर्दै आएकाे बताउनु भयाे ।

उहाँले सुविधा सम्पन्न भवन निर्माण ब्लड बैंक स्थापना, बाल राेग, महिला तथा हाडजोर्नी बिशेषज्ञ सेवा सन्चालनका लागि प्रदेश मुख्य मन्त्री र विभागीय मन्त्री समक्ष पटक पटक छलफल भै याेजना समेत पेश भएकाे बताउनु भयाे ।अस्पताल ब्यबस्थापन अधिकृत शिव बन्जाडेकाे सन्चालन र नरसिं अधिकृत सुनिता आचार्यकाे स्वागतमा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नूमलाल पन्थी, सन्धिखर्क नगरपालिका वडा नं १ का अध्यक्ष माधव श्रेष्ठ, स्वास्थ्य कार्यालय प्रमुख शिव नेपाली त्यसै गरि स्वास्थ्य निर्देशनालयबाट डा. अच्युत शर्मा न्याैपाने (कन्सल्टेन कम्युनिटि फिजिसियन) मान बहादुर वलि (तथ्यांक अधिकृत) अस्मिता नेपाल (जनस्वास्थ्य अधिकृत) शन्देश पाैडेल (mss अधिकृत ) र अर्घाखाँची जन स्वास्थ्य अधिकृत कृष्ण पाख्रेल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष रूद्रमणि भुसाल, अस्पताल ब्यबस्थापन सुदृढीकरण समिति सदस्य हिम लेकाली लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा अर्घाखाँची अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मि तथा कर्मचारीहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?