चितवनमा रवि लामिछानेविरुद्ध दोस्रो दिनको थुनछेक बहस जारी

 

Workplace

चितवन — साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनासम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज दोस्रो दिनमा प्रवेश गरेको छ।

जिल्ला अदालत चितवनमा जारी बहसमा नेपाल सरकारका तर्फबाट विभिन्न जिल्लाका न्यायाधिवक्ताहरू वकालत गरिरहेका छन्। जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पङ्गेनीले आज बहस गर्दैछन्।

यसअघि बुधबार चितवन सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरिसकेका छन्। जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेले पनि आफ्नो तर्क प्रस्तुत गरिसकेका छन्।

थुनछेक बहसमा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्ने तालिका छ। उता, लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ता डा. नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, गोपिलाल देवकोटा, केदारराज पन्त, दीपकराज तिमिल्सेना र सञ्जय गोले गरी १० जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा दर्ता गराएका छन्।

बुधबार थुनछेक बहस चलिरहेका बेला रवि लामिछानेलाई न्यायिक हिरासतका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो। जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा बहस जारी छ।

मुद्दामा रवि लामिछानेसहित १५ जना व्यक्तिविरुद्ध तथा ६ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालयले मङ्गलबार सो मुद्दा दायर गरेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा एक युवतीले गरिन आत्महत्या।

छुटाउनुभयो कि ?