अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर लागू

अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर लागू गरेको छ ।

Workplace

राष्ट्रपती डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको करका नयाँ दर लागू भएको बीबीसीले जनाएको छ । अब अमेरिकामा क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५–२५ प्रतिशत कर लाग्नेछ ।

यस्तै चीनबाट आयात हुने सामानका १० प्रतिशत कर लाग्ने क्यानडाबाट आयात हुने तेलमा भने नयाँ भन्सारदर फेब्रुअरी १८ तारिखबाट कार्यान्वयनमा आउने राष्ट्रपती ट्रम्पको प्रशासनले जनाएको छ ।

अमेरिकी प्रशोधन केन्द्रहरूमा ल्याउने झन्डै ४० प्रतिशत कच्चा तेल विदेशबाट आयातित हुने गर्छ र त्यसको ठूलो हिस्सा क्यानडाबाट आउँछ । चीन, क्यानडा र मेक्सिको अमेरिकाका मुख्य व्यापार साझेदार हुन् ।

गएको वर्ष अमेरिकामा भएका आयातमा यी तीनले देशको हिस्सा ४० प्रतिशत थियो ।

तथ्याङ्क अनुसार सन् २०१८ यता अमेरिकामा चीनबाट हुने आयात खस्किएको छ । क्यानडा र मेक्सिकोले अमेरिकी आयात शुल्कको जवाफ दिने चेतावनी दिइसकेका छन् ।

क्यानडा र मेक्सिकोले तिर्नुपर्ने भन्सार शुल्क ती देशबाट गैरकानुनी रूपमा भित्रिएको फेन्टनिल औषधिको जवाफ भएको राष्ट्रपती ट्रम्पले बताउनुभएको छ । फेन्टनिल औषधिका कारण अमेरिकामा दशौ लाखले ज्यान गुमाएका बताइन्छ ।

चुनावी अभियानका क्रमम ट्रम्पले चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दियका थियो । ट्रम्पले भविष्यमा युरोपेली संघ (ईयू) का लागि समेत आयात शुल्क लगाउने योजना रहेको बतायका छन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?