रुपन्देही – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संवैधानिक राष्ट्रप्रमुख कुनै राजनीतिक दलको सक्रिय राजनीतिमा फर्किनु उचित नहुने बताएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

रुपन्देहीको बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सरकारले ल्याएको नयाँ अध्यादेशले निजी क्षेत्रलाई उत्साहित बनाएको दाबी गरे। उनका अनुसार आर्थिक रूपान्तरण र सुशासनलाई प्राथमिकता दिँदै सरकार अघि बढेको छ, जसका कारण निजी क्षेत्रमा सकारात्मक संकेत देखिएको छ।
सामाजिक सञ्जाल नियमन विधेयकबारे पनि टिप्पणी गर्दै ज्ञवालीले यसले सबैलाई मर्यादित बनाउने, प्रेस स्वतन्त्रता जोगाउने र गलत सूचनाबाट नागरिकलाई सुरक्षित गर्ने उद्देश्य राखेको बताएका छ्न ।
सरकारी पीडितहरूलाई राहत दिने सन्दर्भमा उनले अहिलेको सरकारले उल्लेखनीय प्रगति गरेको दाबी समेत गरे। उनका अनुसार ठूलो मात्रामा रकम फिर्ता गराइएको छ, र आगामी दिनमा पनि यो प्रक्रिया निरन्तर जारी रहने बताएका छ्न ।
ज्ञवालीले देशको स्थायित्वका लागि अहिलेको गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै सरकार निराशा चिर्ने गरी काम गरिरहेको समेत जिकिर गरेका हुन्न।
