काठमाडौंमा करिब ५ करोड बराबरको सुन, गाडी र नगद बरामद

काठमाडौं । महानगरपालिका–१६, नागढुंगाबाट प्रहरीले करिब ४ करोड ९६ लाख रुपैयाँ बराबरको सुन, सवारीसाधन र नगद बरामद गरेको छ ।

Workplace

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार २०८१ भदौ १७ गते राति करिब ११:३० बजे नागढुंगास्थित चेकपोष्टमा जाँच गर्ने क्रममा बा ६ ख ५७५३ नम्बरको टाटा सुमो गाडीमा विशेष चेकजाँच गर्दा सो सामान बरामद गरिएको हो । गाडीमा सवार चन्द्र कुमार श्रेष्ठ र उनका छोरा राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बरामद विवरणअनुसार, प्रहरीले नेपाली रुपैयाँ ४,८५,५०,००० (चार करोड पचासी लाख पचास हजार) बराबरको सुन जस्तो देखिने पहेँलो धातु ६१५६.९२ ग्राम (६ किलो १५६ ग्राम ९२ तोला) फेला पारेको छ । साथै सुन जस्तो देखिने पहेँलो धातु १९९.२ ग्रिन (१९९ ग्राम २ तोला), नगद नेपाली रुपैयाँ १०,५००, बा ६ ख ५७५३ नम्बरको टाटा सुमो गाडी, सुजुकी सेलिरियो गाडीको धनी प्रमाणपत्र र सुजुकी सेलिरियो गाडीका चाबी दुई थान पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानूनी कारबाहीका लागि थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?