
काठमाडौं – देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परिरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ, जसले दैनिक जनजीवनमा असर पुर्याएको छ।
मौसम पूर्वानुमान:
दिउँसो:कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने।
अन्य स्थानमा मौसम मुख्यतया सफा।राति:कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली।
बाँकी भूभागमा मौसम सफा।विशेष चेतावनी: कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै, तराईका धेरै ठाउँमा हुस्सु र कुहिरोले यातायात, स्वास्थ्य, कृषि तथा हवाई उडानमा अवरोध पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
