दाङमा गोली प्रहारबाट एक जनाको मृत्यु: शिकार खेल्दै गर्दा घटना घटेको आशंका

दाङ = दाङको दंगीशरण गाउँपालिकामा एक जनाको गोली लागेर मृत्यु भएको भएको छ। प्रेमलाल कुसारीलाई गत बिहीबार जिंगटको रूखबाट लडेर घाइते भएको भनिएको थियो, र उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। पछि थप उपचारका लागि नेपालगन्ज लगिएको थियो, जहाँ उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

Workplace

घटनाको प्रारम्भमा, कुसारीको मृत्यु रूखबाट लडेर भएको भनिएको थियो। तर, छिमेकीको सूचना पछि प्रहरीलाई कुसारीलाई गोली हानी हत्या गरिएको हुन सक्ने आशंका भएको जानकारी प्राप्त भयो। यसपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थाले र दाहसंस्कार रोकिएको थियो।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूसँग सोधपुछ गर्दा शिकार खेल्ने क्रममा बन्दुक आफैँ पड्केर कुसारीको ज्यान गएको भनिएको छ। कुसारीसँगै जंगल गएका साथीहरु भने फरार रहेको प्रहरीले जानकारी दिएको छ। मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल बाँके पठाइएको छ  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?