काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ, जसले नयाँ कीर्तिमान कायम गरेको छ। अन्य प्रमुख मुद्राहरू जस्तै युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, र सिङ्गापुर डलरको मूल्यमा समेत वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।
अन्य मुद्राको विनिमय दर यस्तो छ:
स्विस फ्र्याङ्क: खरिददर १५१ रुपैयाँ ६९ पैसा, बिक्रीदर १५२ रुपैयाँ ३५ पैसा।
अष्ट्रेलियन डलर: खरिददर ८५ रुपैयाँ ७५ पैसा, बिक्रीदर ८६ रुपैयाँ १२ पैसा।
क्यानेडियन डलर: खरिददर ९६ रुपैयाँ ९६ पैसा, बिक्रीदर ९७ रुपैयाँ ३८ पैसा।
जापानी येन (१०): खरिददर ८ रुपैयाँ ८८ पैसा, बिक्रीदर ८ रुपैयाँ ९२ पैसा।
चिनियाँ युआन: खरिददर १८ रुपैयाँ ८७ पैसा, बिक्रीदर १८ रुपैयाँ ९५ पैसा।
साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, थाई भाट, र अन्य मुद्राहरूमा समेत वृद्धि देखिएको छ। कुवेती दिनारको खरिददर ४४८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४५० रुपैयाँ १३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।
