काठमाडौं – चर्चित कथावाचिका देवी प्रतिभा माघ १ गतेबाट शुरु हुने देवघाट महामहोत्सवको अवसरमा नेपाल आइपुगेकी छन्। भारतबाट आइतबार नेपाल प्रस्थान गरेकी देवी प्रतिभा १५ जनाको टोलीसहित आयोजक कमिटीका सदस्य नारायण भण्डारीका अनुसार नेपाल आइपुगेकी हुन्।

देवी प्रतिभा, जो “प्यार से बोलो ना” भने सब्द निकै जनमानसमा भाइरल भएको थियो । यो सब्द बाट पनि उनी निकै चर्चित छन्, १० दिनसम्म नेपालमा बस्ने कार्यक्रम छ। यसअघि, उनले पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गर्दै संसारभरिका नेपालीहरुको मन जितन सफल भएकी हुन । २३ वर्षीया काभ्रेली चेली, जो अहिले विश्वभर कथा वाचनका लागि सबैभन्दा बढी खोजी गरिने कथावाचिका हुन्।
देवघाट महामहोत्सवमा देवी प्रतिभासहित ईश्वरकृष्ण महाराजजी, ओम प्रकाश गुरु, यशोदा कौडिन्य र अनुराधा पाण्डेयले कथावाचन गर्ने कार्यक्रम रहेको छ । मकर स्नान माघ महाउत्सव अवसरमा, उठेको सहयोग रकम मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माणमा खर्च गरिने बताइएको छ।
माघ महिनाभर चल्ने महोत्सवमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गरिने कार्यक्रम पनि राखिएको छ। त्यस्तै, देवघाट दिव्य धाम मन्दिरको शिलान्यास पनि गरिने छ साथै आयोजक कमिटीले यो कार्यक्रमलाई धार्मिक र सामाजिक महत्वको मान्यता दिएर अगि बडेको जनाएको छ ।
