अर्घाखाँचीमा भीषण हावाहुरी: १ जनाको मृत्यु, २८ घर, ३ गोठ, २ विद्यालय, ३ खोर, २ पसलको छाना उडाएको छ

अर्घाखाँची, – हिजो  रातिदेखि निरन्तर चलेको भीषण हावाहुरीका कारण अर्घाखाँची जिल्लामा ठूलो मात्रामा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको रिपोर्ट अनुसार, बिहीबार दिउँसो ३ बजे सम्मको विवरणमा एक जनाको मृत्यु हुनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पुगेको पुष्टि गरिएको छ।

Workplace

हावाहुरीका कारण २८ घरका छाना उडेका छन् भने ३ वटा गोठ, २ वटा विद्यालय र ३ वटा कुखुरा फम पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। साथै, २ वटा फर्निचर र अन्य पसलहरू पनि हावाहुरीले क्षति पु-याएको जनाइएको छ।

स्थानीयहरूका अनुसार राति करिब ११ बजेदेखि शुरु भएको हावाहुरी बिहानसम्म कायम रहँदा धेरै घरपरिवार खुला आकासमुनि बस्न बाध्य भएका छन्।

स्थानीय प्रशासन र सुरक्षा निकायहरूले उद्दार तथा राहत कार्य तीव्र पारेका छन्। यद्यपि, अझै पनि केही स्थानहरूबाट क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?