अहिलेको व्यवस्था उल्ट्याउने विरुद्ध गणतन्त्रबादीहरु एकजुट हुनुको बिकल्प नरहेको बताएकाछन् : अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको व्यवस्था उल्ट्याउने विरुद्ध गणतन्त्रबादीहरु एकजुट हुनुको बिकल्प नरहेको बताएकाछन् ।

Workplace

नेपालगञ्जमा बिहिबार आयोजित जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तरगत ‘नागरिक अन्तर संवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्रवादी र राजावादी यतिबेला आमने–सामने भएको टिप्पणी गरे ।

गणतन्त्रवादी र राजतन्त्रवादी बीचको फैसला अब जनताले मात्रै गर्ने उनले जीकीर गरे । गणतन्त्रको सच्चा पहरेदार माओवादी नै भएको भन्दै अहिले राजवादीप्रति अझ बढी आमने–सामने आफ्नो पार्टी मात्रै भएको दाबी गरे ।

लोकतन्त्रलाई अझै सुदृढ गर्ने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाई थियो ।

संविधान निर्माण गर्दा त्यतिबेलै केहीले संविधान नबनोस् भन्ने चाहेको स्मरण गर्दै उनले यो संविधान नचाहने ‘प्रतिक्रियावादी’ शक्ती नै भित्री रुपमा ब्यवस्था उल्ट्याउने षडयन्त्रमा लागेको संकेत पनि गरे ।

आफुहरुबाट केही गल्ती भएको स्वीकार गर्दै समयमै सच्चिन तयार रहेको बताए ।

‘हामीले भनिराख्या छौं, गल्ती हामीबाट भयो, हामी सच्चिन चाहन्छौं, आत्मालोचना गर्छौ भनेका छौं, सच्चिने मौका दिनुस्,’ उनले भने ‘हामी राजनीतिक पार्टीहरुले चाहिने भन्दा बढी सहकार्य गर्दा धुलोमैलो भयौं, जनतामा कन्फ्युजन भयो, फेरी जनताको कुरा सुन्ने हामीले प्रयास गर्नुपर्छ, देशलाई बचाउनुपर्छ ।’

जनताले लोकतन्त्र, गणतन्त्र र नेताहरुलाई सबै उस्तै भनेर भाष्य निर्माण गरी तानाशाहलाई मलजल गर्ने काम गर्न नहुने पुर्वप्रधानमन्त्री दाहालले आग्रह गरे ।

‘झण्डै ७० वर्षदेखी जनताले लडेर बनाएको संविधान हो, यसलाई बचाउने जिम्मा हाम्रो हो,’ उनले भने ‘पहिला संविधानको समिक्षा गरौं, दश वर्षमा संविधानले के दियो के दिएन, कार्यान्वयनमा कमजोरी कहाँ भयो ?

यस्तै प्रेस सेन्टर नेपाल बाँकेले बिहीबार नै आयोजना गरेको पत्रकार भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले लोकतन्त्र र गणतन्त्र मास्न विभिन्न ‘प्रतिक्रियावादी’ षडयन्त्र भईरहेको बताए ।

अहिले नै संघिय लोकतान्त्रिक गणतन्त्र उल्टिने र निरंकुशतन्त्र आउने स्थिती नरहेको उनले प्रष्ट्याए । दाहालले भने, ‘जनता सबै सचेत हुनुपर्नेे अवस्था छ, सच्चा गणतन्त्रवादी र लोकतन्त्रवादी सचेत हुनुपर्ने अवस्था छ ।’

पत्रकार भेटघाट कार्यक्रम प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?