सुनको भाउले फेरि नयाँ कीर्तिमान कति छ तोलाको

काठमाण्डौ – सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ ।

Workplace

आज एकै दिन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८० हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि अस्ति मङ्गलवार सुनको भाउ एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेकोमा हिजो घटेको थियो । हिजो सुनको भाउ तोलाको एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ भने घटेको छ ।

चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार २० रुपैयाँमा कायम भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?