अर्घाखाँची – अर्घाखाँची जिल्ला को भूमिकास्थान नगरपालिका-७ पानडाँडामा आगलागीमा परी घर र गोठ जलेर नष्ट भएका छन् ।

भुमिकास्थान स्थानीय लोकबहादुर थापाको तीन तले घर, रेलबहादुर थापाको कच्ची गोठ र तिलकबहादुर रायमाझीको कच्ची घर र शौचालय जलेर नष्ट भएको जिल्ला प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

गोठमा रहेका एरउटा भैंसी, एउटा पाडो, ९ वटा बाख्रा र ५९ वटा कुखुरा जलेर नष्ट भएका हो ।
घरमा आगो एक्कासि लागेको र सबै घरगोठ जलेर पूर्ण रूपमा क्षति भएका छन् ।
आगलागी भएपछि स्थानीय, सुरक्षाकर्मीलगायतको टोलीले निभाएको थियो ।

