आज मिति २०८३ भाद्र २ गते मंगलबार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • व्यापार र करियरमा नयाँ अवसर प्राप्त भई आर्थिक लाभ मिल्नेछ।
  • पारिवारिक सम्बन्धमा सुधार र सामाजिक मान सम्मानमा वृद्धि हुनेछ।
  • स्वास्थ्य र खानपानमा सचेत रहँदै धैर्यतापूर्वक काम गर्नु फलदायी हुनेछ।

🌼🌻🙏🙏

Workplace

मेष : आज व्यापार(व्यवसायमा नयाँ अवसर प्राप्त हुनेछन्। व्यावसायिक साझेदारीबाट राम्रो लाभ मिल्नेछ। जीवनसाथी र परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ मधुर र बलियो बन्नेछ। यात्राको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन अनुकूल रहनेछ।

वृष :प्रतिस्पर्धा र कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। शत्रु तथा विरोधीहरू निष्प्रभावी हुनेछन्। रोकिएका कामहरू आफ्नै लगनशीलताले पूरा हुनेछन्। स्वास्थ्यमा क्रमिक सुधार आउनेछ भने पुराना मुद्दा(मामिला वा विवादहरूमा तपाईंको पक्ष बलियो रहनेछ।

मिथुन :बौद्धिक तथा सिर्जनात्मक कार्यमा ठूलो सफलता मिल्नेछ। अध्ययन(अध्यापनमा लाग्नेहरूका लागि दिन उत्कृष्ट छ। सन्तानको तर्फबाट शुभ समाचार सुन्न पाइनेछ। शेयर बजार वा लगानीका क्षेत्रमा विचार पुर्याएर निर्णय लिँदा फाइदा हुनेछ।

कर्कट :पारिवारिक मामिला र घरायसी काममा बढी समय बित्नेछ। सवारी साधन तथा भौतिक साधनको प्रयोग गर्दा सावधानी अपनाउनुहोला। आमाको स्वास्थ्य र मनको प्रसन्नताका लागि समय दिनु उपयुक्त हुनेछ। धैर्यतापूर्वक काम गर्दा नतिजा सकारात्मक आउनेछ।

सिंह :पराक्रम, उत्साह र साहस वृद्धि हुनेछ। दाजुभाइ तथा हितैषी साथीभाइको पूर्ण सहयोग प्राप्त हुनेछ। छोटो दूरीको फलदायी यात्रा हुन सक्छ। सामाजिक कार्य र सञ्चारको क्षेत्रमा लागेकाहरूका लागि आजको दिन विशेष सफलतादायी रहनेछ।

कन्या :आर्थिक दृष्टिकोणले दिन लाभदायक रहनेछ। रोकिएको धन फिर्ता आउने वा नयाँ आम्दानीको स्रोत फेला पर्ने योग छ। वाणीको प्रभाव बढ्नेछ, जसले गर्दा मान(सम्मान मिल्नुका साथै रोकिएका कामहरू बोलीकै भरमा सुचारु हुनेछन्। परिवारमा खुसीको वातावरण रहनेछ।

तुला :मनमा ऊर्जा, उत्साह र नयाँ विचारहरूको सञ्चार हुनेछ। व्यक्तित्व निखरिएर आउनेछ र निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। कार्यक्षेत्र वा व्यक्तिगत जीवनमा नयाँ थालनी गर्नका लागि आजको दिन निकै शुभ रहनेछ।

वृश्चिक :खर्चमा केही वृद्धि हुन सक्छ। वैदेशिक कार्य, भिसा वा दूरदराजका कामहरूमा सफलता मिल्नेछ। स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला। अनावश्यक दौडधुपबाट बच्न र मानसिक शान्तिका लागि ध्यान वा योगमा समय बिताउनु उत्तम हुनेछ।

धनु :आम्दानीका नयाँ मार्गहरू खुल्नेछन्। सोचेका कामहरू समयमै सम्पन्न भई सोचेभन्दा राम्रो प्रतिफल मिल्नेछ। अग्रजहरू र साथीभाइको सहयोगले ठूला योजनाहरू अघि बढाउन सकिनेछ। व्यापारमा राम्रो नाफा हुनेछ।

मकर :कार्य क्षेत्र र करियरमा ठूलो सफलता मिल्ने योग छ। सामाजिक प्रतिष्ठा र मान(सम्मानमा वृद्धि हुनेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर प्राप्त हुन सक्छ। प्रशासनिक वा सरकारी कामहरू सजिलै सम्पन्न हुनेछन्।

कुम्भ :भाग्यले पूर्ण साथ दिनेछ। धार्मिक, आध्यात्मिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ। लामो दूरीको यात्रा वा शैक्षिक क्षेत्रका योजनाहरू सफल हुनेछन्। रोकिएका महत्त्वपूर्ण कामहरू मान्यजनको मार्गदर्शनमा पूरा हुनेछन्।

मीन : स्वास्थ्यका विषयमा केही सचेत रहनुहोला। विशेष गरी खानपान र यात्रा गर्दा सावधानी अपनाउनु उत्तम हुनेछ। नयाँ ठूलो आर्थिक जोखिम वा कसैलाई उधारो दिनुअघि राम्ररी विचार गर्नुहोला। गोपनीयता कायम राखेर काम गर्दा शुभ फल मिल्नेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?