नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती भ्रष्टाचार मुद्दामा पक्राउ

काठमाडौ – नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि फरार रहेका अवस्थामा प्रहरीले काठमाडौं महानगरपालिका–१६, बनस्थलीबाट पक्राउ गरेको छ।

Workplace

चितवन, खैरहनी गा.वि.स–८, जमौली स्थायी घर भएका ६५ वर्षीय उप्रेती हाल काठमाडौं, महानगरपालिका–१६, बनस्थलीमा बस्दै आएका थिए। उनलाई रु. २ करोड ५५ लाख १६ हजार ४८३ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै सर्वोच्च अदालतले ६ महिनाको कैद र उक्त रकम बराबरको जरिवाना तोकेको थियो।

तर, सजाय भुक्तान नगरी फरार रहेका उप्रेतीलाई प्रहरी टोलीले खोजी गर्दै अन्ततः २०८१ चैत्र १० गते काठमाडौं महानगरपालिका–१६, बनस्थलीबाट पक्राउ गरेको हो। उनलाई कानुनी प्रक्रियाअनुसार काठमाडौं जिल्ला अदालतमा पेश गरी अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको प्रहरी  उपरीक्षक सुधिर राज शाहिले नेपाल खोजखबर लाई जानकारी दिएका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?