नेपाली विद्यार्थी प्रकृति लम्सालको मृ`त्यु प्रकरणमा परराष्ट्रमन्त्रीको पहल

 

Workplace

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोन वार्ता गर्नुभएको छ।

- Advertisement -Workplace

परराष्ट्रमन्त्री देउवाले मुख्यमन्त्री माझीसँग लम्सालको मृत्युबारे निष्पक्ष अनुसन्धान गर्न, दोषीमाथि कडा कारबाही गर्न तथा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्न आग्रह गर्नुभएको छ। परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार, कलेजले घटनामा संलग्न शिक्षक तथा कर्मचारीलाई बर्खास्त गरिसकेको छ। तर, मन्त्री देउवाले ती दोषीहरूलाई अस्थायी रूपमा मात्र नभई स्थायी रूपमा हटाउने पहल गर्न उडिसा सरकारसँग अनुरोध गर्नुभएको छ।

यस प्रकरणमा थप अनुसन्धान तथा नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि केआइआइटी विश्वविद्यालयले एक समिति गठन गरिसकेको छ। साथै, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका कूटनीतिक कर्मचारीसमेत समन्वयका लागि त्यहाँ खटिएका छन्। मन्त्री देउवाले उडिसा सरकार र नेपाली राजदूतावासबीच नियमित समन्वय सुनिश्चित गर्न मुख्यमन्त्री माझीसँग आग्रह गर्नुभएको छ।

मुख्यमन्त्री माझीले घटनालाई उडिसा सरकारले गम्भीर रूपमा लिएको बताउँदै लम्साललाई न्याय दिलाउन र दोषीमाथि कारबाही गर्न उच्चस्तरीय छानबिन समिति गठन भइसकेको जानकारी दिनुभएको छ। साथै, उडिसा सरकारले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यस प्रकरणमा परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास, उडिसा सरकार, केआइआइटी प्रशासन र भारतीय सुरक्षा अधिकारीहरूबीच निरन्तर समन्वय भइरहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?