मलेसियाबाट १२ नेपाली निष्कासन, अवैध बसोबासमा कडाइ

काठमाडौ – मलेसियाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा १२ जना नेपाली नागरिकलाई निष्कासन गरेको छ। उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्। निष्कासनमा पर्नेहरूमा विजयसिंह गंगी, बुद्धिलाल मुसहर, प्रवास कुमार विश्वास, अनिल लोद, श्यामकुमार लिम्बु, ईश्वर कुमार राई, राजन दास, तुलाराम ओली, रामकुमार सदा, जितेन्द्र ठाकुर, रामसेवक मण्डल, र विवेक यादव रहेका छन्।

Workplace

उनीहरू वैदेशिक रोजगारका लागि मालिन्दो एयरलायन्सको जहाजबाट मलेसिया गएका थिए। यसअघि पनि मलेसियाले गैरकानुनी रूपमा बसेका १६ नेपालीलाई निष्कासन गरिसकेको थियो। ती नेपालीहरू भिसाको म्याद सकिएपछि पनि बसोबास जारी राखेका वा श्रम सम्झौताविपरीत अन्य कम्पनीमा काम गरिरहेका थिए। मलेसियाली अधिकारीहरूले उनीहरूलाई पक्राउ गरी नेपाल फर्काएका थिए।

हाल मलेसियाले अवैध रूपमा बसोबास गर्ने कामदारहरूमाथि कडाइ गरेको छ, जसको प्रभाव नेपाली कामदारहरूमा पनि परेको छ। यस्तै, अमेरिकाले समेत अवैध प्रवासीहरूमाथि कडा कारबाही गर्दै आएको छ। पछिल्लो समयमा विभिन्न देशहरूले आफ्ना मुलुकबाट अवैध प्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रिया तीव्र बनाएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?