अनिल नेपाली अर्घाखाँची – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले देशमा भएको परिवर्तन नेपाली जनताको आन्दोलन जनयुद्ध नेतृत्व माओवादीकाे कारणले भएकोबताउनु भयको छ । अर्घाखाँचीकाे सन्धिखर्कमा आज ३० ओै जनयुद्ध दिवसको अबसरमा आयोजित दिप प्रजज्वलन तथा काेणसभालाई सम्वाेधन गदै नेता खड्काले यस्तो बताउनुभएको हाे । नेता खड्काले देशमा जनयुद्धकै बलमा सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक परिवर्तन सम्भव भएको बताउदै , जनयुद्धको बलमा स्थापित अधिकार र उपलब्धि राष्ट्रिय सम्पत्ति भएको बताउदै जनयुद्धकै कारण देशमा गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता सम्भव रहेको भन्दै चेतना विस्तार अधिकारको सवालमा पनि ठूलो भूमिका खेलेको उहाँको भनाइ थियो कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विक किशाेर केन्द्रीय सदस्य तथा सह ईन्चार्ज छमकुमारी खनाल चिनारी लुम्बिनी प्रदेश सचिवालय सदस्य ठाकुर साैराग जिल्ला सयाेजक राजेन्द्रप्रसाद भुसाल लगायतका प्रदेश र जिल्लाका विभिन्न तहका नेताहरूकाे सहभागीता रहेको थियोे माओवादीले आज जिल्लाका विभिन्न स्थानमा नेता कार्यकर्ताकाे सहभागीतामा जनयुद्ध दिवसको अबसरमा विभिन्न कार्यक्रम गरि मनाएकाे छ
देशमा भएको परिवर्तन नेपाली जनताको आन्दोलन जनयुद्ध नेतृत्व माओवादीकाे कारणले भएको हो : खड्का
नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
