वीरगञ्जमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री, एक जना पक्राउ

 

Workplace

वीरगञ्ज, पर्सा – वीरगञ्जमा उपभोक्तालाई झुक्याएर खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने एक जना व्यापारी पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका–१३, प्रतिमा चोकस्थित ‘आसमिन फ्रेस हाउस’ मा उपभोक्तालाई ठगी गरिएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार पसलको जाँच गर्दा व्यापारी हारुन मियाँ अन्सारीले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसेर बिक्री गरिरहेको अवस्थामा फेला परेका थिए। ग्राहकलाई खसीको मासु भनेर बाख्राको मासु बिक्री गर्दै आएको प्रमाण फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार लामो समयदेखि उक्त पसलले उपभोक्तालाई ठगी गर्दै आएको आशंका गरिएको छ। मासुको गुणस्तर र स्रोत नजानीकै ग्राहकहरूले महँगो मूल्य तिर्न बाध्य हुने गरेका थिए। प्रहरीले उनलाई कालोबजारी ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ।

स्थानीय उपभोक्ताहरूले खाद्य सुरक्षामा लापरवाही गर्ने र ग्राहक ठग्ने व्यापारीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। खाद्य तथा गुण नियन्त्रण विभागले पनि घटनाबारे थप अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ।

यस घटनाले मासु व्यवसायमा भइरहेको अनियमितता र ठगी प्रवृत्तिलाई उजागर गरेको छ। उपभोक्ताहरूलाई सतर्क रहन आग्रह गर्दै प्रहरीले मासु व्यवसाय सञ्चालन गर्ने पसलहरूको अनुगमनलाई कडाइ गरिने बताएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?