सल्यान महोत्सवमा भीषण आगलागी, करोडौंको क्षति

 

Workplace

सल्यान— दोस्रो बृहत् सल्यान महोत्सवमा भीषण आगलागी हुँदा करोडौं मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानको आयोजनामा जारी महोत्सवमा हिजो राति करिब ११ बजे आगलागी भएको हो।

महोत्सवमा राखिएका १३५ स्टलमध्ये ८० स्टल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाका अनुसार माघ १८ गतेदेखि सुरु भएको महोत्सवको ८औं दिनमा दुर्घटना भएको हो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो राति नै नियन्त्रणमा लिइएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिनुभएको छ।

यस घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?