रुसको पक्षबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि अग्रमोर्चामा आएका युक्रेनको दाबी

रुसको तर्फबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि युद्धको अग्रमोर्चामा आएका युक्रेनले दाबी गरेको छ ।

Workplace

रुसको पश्चिमी कुर्स्क क्षेत्रको अग्रमोर्चामा अहिले उत्तरकोरियाली सेना रहेका युक्रेनी राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको महिना ठूलो सङ्ख्यामा उत्तर कोरियाली सेना मारिएपछि उनीहरू त्यहाँबाट फिर्ता भएका थिए ।

युक्रेनी राष्ट्रपती जेलेन्स्कीले सयौँ रुसी र उत्तर कोरियाली सैनिकहरू मारिएका दाबी गर्नुभएको छ ।

यस अघि पनि उत्तर कोरियाले पठाएका ११ हजारमध्ये कम्तीमा एक हजार जना सैनिकहरू पछिल्लो तीन महिनामा मारिएका पश्चिमा देशले दाबी गरेका थिए । तर उत्तर कोरिया र रुसले कुनै प्रतिक्रिया जनाएका छैन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो हप्ता युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट र रुसी राष्ट्रपति भ्लालिमिर पुटिनसँग संवादको सम्भावना रहेको भन्दै चाँडै युद्ध अन्त्य हुन सक्ने बताउनुभएको छ ।

रुसीले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको आक्रमण शुरु गरेको छ । लडाइँले दुवैतर्फ ठूलो क्षति पुर्‍याएको छ ।

रुसी सेनाले लडाइँमा भएको सैन्य क्षतिको विवरण खुलाएको छैन । तर युक्रेनी राष्ट्रपतिले तीन लाख पचास हजारसम्म रुसी सैनिकहरू मारिएको दाबी गर्नुभएको छ ।

जेलेन्स्कीले युक्रेनतर्फको सैन्य क्षति ४५ हजार एक सय रहेको बताए पनि कैयौँ युक्रेनी र पश्चिमा सैन्य विज्ञहरू युक्रेनर्फको क्षतिसमेत निकै उच्च रहेको बताउँछन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?