प्रेस चौतारी नेपाल अर्घाखाँचीको २७औं स्थापना दिवस दीप प्रज्ज्वलनसहित भव्य रूपमा सम्पन्न

अर्घाखाँची, माघ २२ – प्रेस चौतारी नेपाल अर्घाखाँचीले आफ्नो २७औं स्थापना दिवस दीप प्रज्ज्वलनसहित भव्य रूपमा सम्पन्न गरेको छ। पत्रकारिता क्षेत्रको हक, हित र स्वतन्त्रताको प्रवर्द्धन गर्दै आएको प्रेस चौतारीले सन्धिखर्कको शान्ति बगैंचामा दीप प्रज्ज्वलन गरेर आफ्नो स्थापनाको वार्षिकोत्सव मनाएको हो।

Workplace

२०५५ साल माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपालले लामो समयदेखि श्रमजीवी पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको पक्षमा सक्रिय भूमिका खेल्दै आएको छ। यस अवसरमा नेकपा (एमाले) का प्रदेश समिति सदस्य सिद्धि प्रसाद भुसालले शुभकामना व्यक्त गर्दै प्रेस चौतारीले पत्रकारहरूको हक, अधिकार र पेशागत सुरक्षाका लागि खेलेको भूमिकाको  प्रशंसा गरेका थिए ।

त्यस्तै, प्रेस चौतारी नेपाल अर्घाखाँचीका जिल्ला इञ्चार्ज हिम जिसी (लेकाली) ले प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारहरूको सशक्त संगठन भएको उल्लेख गर्दै स्वतन्त्र पत्रकारिताको प्रवर्द्धनमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए

कार्यक्रमका अध्यक्ष एवं प्रेस चौतारी नेपाल अर्घाखाँचीका जिल्ला अध्यक्ष नवीन केसीले निष्पक्ष पत्रकारिता, श्रमजीवी पत्रकारहरूको अधिकार संरक्षण र प्रेस स्वतन्त्रताको प्रत्याभूति गराउने लक्ष्यका साथ चौतारी अघि बढिरहेको बताएका छ्न । उनले प्रेस चौतारी नेपालले पत्रकारहरूको पेशागत सुरक्षाका लागि अझ प्रभावकारी कदम चाल्ने उल्लेख गर्दै जिल्लाका पत्रकारहरूको समस्यासँगै अवसरको पहिचान गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कार्यालय सचिव लिला विक, प्रेस चौतारी नेपालका निवर्तमान जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष सागर परियार, नेपाल पत्रकार महासंघका निवर्तमान सदस्य अशोक चौहान लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रेस चौतारी नेपाल अर्घाखाँचीका जिल्ला अध्यक्ष नवीन केसीको अध्यक्षता र सचिव नवीन विकको सञ्चालनमा  उक्त कार्यक्रम सम्पन्न भएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?