पार्टी एकतामा जोड दिदैँ देउवा: ‘एक भएर हिँड्दा बहुमत ल्याउन सकिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अगाडि बढे बहुमत हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

Workplace

प्रदेश सभापतिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सहज चुनौतीहरू भए पनि एकता नै पार्टीको सफलता सुनिश्चित गर्ने मुख्य आधार हुने बताए।

देउवाले भने, “कुनै एकल पार्टीका लागि बहुमत ल्याउनु कठिन छ, तर हामीले कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउन सफल भएका छौँ। आगामी दिनमा बहुमत प्राप्त गर्न सक्छौँ, त्यसका लागि सुदृढ नेतृत्व आवश्यक छ।”

उनले पार्टीभित्रको एकता, सहकार्य र समानुपातिक तथा समावेशी राजनीतिक संरचनाको सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। साथै, भावी नेतृत्वले कांग्रेसलाई थप बलियो बनाउन ठूलो जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ थियो।

“देशमा सुन्दर राजनीति छ, समानुपातिक र समावेशी व्यवस्था छ। यो उत्तम व्यवस्था हो, त्यसैले हामी एक भएर अघि बढ्नुपर्छ,” देउवाले थपे। सभापति देउवाले पार्टीलाई अझ सशक्त बनाउँदै जनताको विश्वास जित्न एकजुट भएर अघि बढ्न समेत  सबैलाई  आग्रह गरे।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?