बिशाल रायमाझी र सलिना नेपालीको नयाँ गीत “लाहुरे टाँसेको” म्युजिक भिडियो चर्चाको शिखरमा

अर्घाखाँची – अर्घाखाँचीका लोकप्रिय  गायक तथा संगीतकार विशाल रायमाझीले आफ्नो नयाँ म्युजिक भिडियो ‘लाहुरे टाँसेको’ सार्वजनिक गरेका छन्। करिब एक दशकदेखि काठमाडौंमा बसेर गीत-संगीतमा रमाइरहेका रायमाझीले शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन्। नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिरमा पुगेर छायांकन गरिएको भिडियोले गीतलाई भव्य बनाएको छ। सुटिङकै क्रममा उनले सामाजिक सञ्जालमार्फत स्थानीयलाई जानकारी गराउँदै सहभागी हुन निमन्त्रणा समेत गरेका थिए।

Workplace

गीतमा विशाल रायमाझीको शब्द-संगीत रहेको छ भने स्वरमा उनलाई सलिना नेपालीले साथ दिएकी छन्। प्रदेशबाट फर्किएको लाहुरे, सुपादेउराली मन्दिर र प्रेम कथालाई पन्जे बाजाको लयमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। सुपादेउराली मन्दिरलाई समेटेर तयार पारिएकाले गीतले  सुपादेउराली मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

विशाल रायमाझी सांगीतिक माहोलमा हुर्किएका कलाकार हुन्। उनले यसअघि ‘साइनो हरायो’, ‘गाउँका लाउरे’, ‘पूर्वे धरान’, ‘संगिनी’, ‘नक्क्ले भिनाजु’ जस्ता चर्चित गीत सार्वजनिक गरिसकेका छन्। पारिवारिक वातावरण नै सांगीतिक भएकाले रायमाझी   परिवार देश-विदेशमा हुने कार्यक्रम समेत ब्यस्त रहने  कलाकार हुन ।

पन्जे बाजामा सजिएको ‘लाहुरे टाँसेको’ गीतलाई विश्वास नेपालले एरेन्ज गरेका छन् भने रेकर्डिङ राजु सुनामले गरेका हुन्। स्टुडियो ओजनमार्फत रेकर्ड गरिएको गीतको अडियो मिक्सिङ विनोद परियारले गरेका छन्। भिडियोमा कलाकार तथा मोडल एलिना रायमाझी, विशाल रायमाझी, सलिना नेपाली, आर जे अनु र शुशान्त पछाइको दमदार अभिनय देख्न सकिन्छ भने स्थानीय व्यक्तिहरूको सहभागिताले  गीतलाई अझ आकर्षक बनाएको छ। भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मेकअप कबिन भाइको रहेको छ।

नेपालको सांगीतिक क्षेत्रमा निरन्तर योगदान दिइरहेका रायमाझीले यो गीतले कस्तो प्रभाव पार्छ भन्ने कुरा दर्शकहरूको प्रतिक्रियाबाट थाहा हुने नेपाल खोज खबरलाई जानकारी गराएका छ्न ।

पुरा भिडियो सहित

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?