काँग्रेस, एमाले, माओवादीबाट देश बन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काम हो’ :लिङ्देन

 

Workplace

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खिने छुट नरहेको बताउनुभएको छ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यी तिनै पार्टी र नेतृत्वमा रहेकाहरूसँग मुलुकको विकास हुन नसकेको उल्लेख गर्दै, यो पर्खाइ देश बर्बाद पार्ने काममा सहभागि हुने समान रहेको टिप्पणी गर्नुभयो। उहाँले ३ दशकमाथिको समयसम्म काँग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको मुलुकको स्थिति र विकासको कमीको बारेमा चिन्ता व्यक्त गर्नुभयो।

राप्रपा देश र धर्म बचाउने अभियानका रूपमा प्रस्तुत गर्दै, उहाँले सबैलाई देश बचाउने र बनाउने कार्यमा सहभागी हुन आह्वान गर्नुभयो। उहाँले आफूले कहिल्यै भ्रष्टाचार नगरेको र आफ्नो जीवनमा एक रुपैयाँ पनि भ्रष्ट्राचार नगरेको बताउँदै त्यसका प्रमाण स्वरूप जुनसुकै मन्दिरमा जान तयार रहेको पनि स्पष्ट पार्नुभयो।

उहाँले थप्नुभयो, “नेपाल अब योभन्दा बढी बर्बाद हुने ठाउँ छैन। साढे तीन दशकको समयमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए पनि त्यही पार्टी र नेताको वरिपरि सत्ता घुमिरहेको छ। हामी कहाँ जाने भनेर उनीहरूसँग हिँडेका थियौं र अहिले हामी कहाँ पुग्यौं, त्यो सबैको आँखामा छ। अब पनि त्यही पार्टी र नेताबाट देश बन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काम हो।”

राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको दृढ स्थायी अडानमा रहेको र राप्रपाको सिद्धान्तलाई अब स्थापित गरिएको दाबी समेत गरे।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?