स्वरुप परिवर्तन गर्ने सवारीमा प्रहरीको कडाइ तिब्र

खिम खड्का
१८ माघ बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सबारी साधनको सिटको स्वरुप तथा सिट थप गरी संचालन गर्ने,स्वरुप परिवर्तन गर्ने लगायतका कार्यहरुको नियन्त्रणको लागी सक्रिय रुपमा अभियान चलाएको छ ।

Workplace

पहिले देखि नै यो अभियान र कार्यलाइ निरन्तरता दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले यही माघ १६ गते कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको कमान्डमा खटिएको सवारी चेक जाँच टोलिले बुटवल बसपार्क देखि बिभिन्न जिल्लाहरुको लागि छुट्ने मिनी माईक्रो बस तथा ई.भि. भ्यानहरु ८ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो ।

सवारी चेक जाँच गर्दा यातायात व्यवस्था ऐन २०४९ को दफा३९ को १ बमोजिम सिटको स्वरुप तथा सिट थप गरी संचालन गरिएका सवारी साधनहरु कारवाहीको प्रक्रियामा अगाडी बढाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो ।

त्यस्तै प्रहरीले बुटवल बजार क्षेत्र भित्र संचालन भएका सवारीको स्वरुप परिवर्तन गरी अस्वभाविक ध्वनी निकाल्ने ४ वटा बुलेट मोटरसाइकल समेत नियन्त्रणमा लिइ आवस्यक कारवाहीको लागी अगाडी बढाइएको प्रहरी उपरिक्षक खत्रीले बताउनुभयो । प्रहरीले यो नियन्त्रण र कारवाही अभियानलाइ निरन्तर  तिब्रताका साथ अगाडी बढाउने बताएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?