पश्चिमी वायुको प्रभाव: हिमाली भेगमा हिमपात, तराईमा बाक्लो हुस्सु यातायातदेखि जनजीवन प्रभावित

 

Workplace

काठमाडौं -देशभर पछिल्ला दिनमा पश्चिमी वायुको प्रभाव जारी छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा आंशिकदेखि साधारणतया बदली रहँदै एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका धेरै स्थान बिहानैदेखि बाक्लो हुस्सुले ढाकिएको छ, जसले यातायात, स्वास्थ्य, कृषि तथा हवाई उड्डयनमा असर पार्न थालेको छ ।

मौसमविद्हरूका अनुसार, हुस्सु केही दिनसम्म यथावत् रहने सम्भावना छ, जसले गर्दा विशेषगरी बिहानपख सवारी आवागमनमा कठिनाइ हुनसक्छ ।

विभागले शुक्रबार बिहान तराईका विभिन्न स्थानमा अझै बाक्लो हुस्सु लाग्ने चेतावनी दिंदै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीका लागि चिसोले थप समस्या ल्याउन सक्ने भएकाले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरिएको छ ।

साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई हिमपातको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ ।

सडकमा बाक्लो हुस्सु कायम रहने भएकाले यात्रु र चालकहरूलाई विशेष सतर्कता अपनाउन विभागको अनुरोध छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?